• २०८१ असार १० सोमबार

प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ- अर्थमन्त्री पुन

kharibot

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसद्मा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौं योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा माननीय सदस्यहरूबाट व्यक्त भएको रचनात्मक सुझाव, सरकारको नीति तथा कार्यक्रम एवम् सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिवद्धतालाई प्रमुख आधारको रूपमा ग्रहण गरी तर्जुमा गरिएको बताए ।

अर्थमन्त्री पुनले बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकमको वृद्धि र बाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सिर्जना भएकाले बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा बजेटको आकार महत्वाकांक्षी नरही सन्तुलित रहेको दाबी गरे । अर्थमन्त्री पुनले बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेको भन्दै बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको दाबी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै