Skip This
  • २०८१ असोज २ बुधबार

चुनावको नतिजापछि मोदीको पहिलो प्रतिक्रिया- नयाँ उर्जाका साथ अगाडी बढ्छु

kharibot

काठमाडौँ । भारतको लोकसभा चुनावको नतिजा आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, 'देशका जनताले लगातार तेस्रो पटक एनडीएमा आफ्नो विश्वास व्यक्त गरेका छन्। यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो । यो माया र आशिर्वादको लागि म मेरो परिवारका सदस्यहरूलाई नमन गर्दछु । देशवासीका आकांक्षा पूरा गर्न नयाँ उर्जा, नयाँ जोश र नयाँ संकल्पका साथ अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । सबै कार्यकर्ताहरूले गरेको समर्पण र अथक परिश्रमको लागि म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु र बधाई दिन्छु ।'

अहिलेसम्म भाजपा नेतृत्वको एनडीए गठबन्धन २९२ सिटमा अगाडि छ भने भारत २३३ सिटमा अगाडि छ । त्यस्तै २०१९ को निर्वाचनमा ३०३ सिट जितेको भाजपा यस पटक भने २३८ सिटमा मात्र अगाडी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै