• २०८१ असार १० सोमबार

मोदीको राजनीतिक र नैतिक हार भयो- कांग्रेस

kharibot

काठमाडौँ । भारतीय नेशनल कांग्रेसले लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक र नैतिक हार भएको टिप्पणी गरेको छ ।

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पत्रकार सम्मेलन गर्दै निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएको बताउदै यो मोदीको लागि राजनीतिक र नैतिक हार भएको बताएका हुन् ।

अध्यक्ष खड्गेले सत्ता पक्षको लगातारको अवरोधका बीच, आफ्ना सबै बैंक खाता रोक्का गरिएको र लगातार नेताहरुमाथि एजेन्सीको छापामारीका बीच चुनाव लडेको भन्दै यो चुनाव मोदी भर्सेस जनता भएको बताए ।

जारी मत गणनामा  भारतीय जनता पार्टी २४३ सिटमा अगाडी छ भने भाजपा नेतृत्वको एनडीए गठबन्धन २९४ सिटमा अगाडी रहेको छ । त्यस्तै कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३१ सिटमा अगाडी रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै