• २०८१ असार ११ मंगलबार

अफगानिस्तानको टी-२० विश्वकपमा विजयी शुरुवात

kharibot

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछाएको युगान्डाले १६ ओभरमा अल आउट हुदै ५८ रन मात्र बनाएको थियो । युगान्डाका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अलि शाहले ११ रन बनाएका थिए । युगान्डाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै अफगानिस्तानका बलर फजल्हक फारुकीले ५ विकेट लिएका थिए भने नविन उल हक र राशिद खानले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

यो जितपछि समुह सी मा अफगानिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब युगान्डाले जुन ६ मा पीएनजीसँग खेल्ने छ भने अफगानिस्तानले जुन ८ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै