काठमाडौँ । सिंगापुरमा भएको अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको वार्ताको चीनले स्वागत गरेको छ ।
चिनियाँ विदेशमन्त्री वांग यीले उत्तर कोरीयालाई परमाणु हतियारबाट बाहिर ल्याउन सिंगापुर समिट महत्वपूर्ण भएको बताउदै यस भेटवार्ताले आपसी विश्वास बढेको र विगतमा देखिएका समस्याहरुबाट बाहिर आएको बताएको चाइना डेलीले उल्लेख गरेको छ ।
उनले यो ऐतिहासिक भेटलाई चीनले स्वागत गर्दछ भन्दै यस सहमतिलाई अगाडी बढाउन चीनले सकारात्मक भूमिका खेल्ने बताएको चाइना डेलीले उल्लेख गरेको छ ।