• २०८१ असार १२ बुधबार

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

kharibot

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका थिए ।

यो सहित रियल म्याड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो । १८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।

त्यस्तै अर्कोतर्फ तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै