• २०८१ असार १२ बुधबार

रोनाल्डोको किर्तिमान: चार लिगमा जिते गोल्डेन बुट

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी लिगमा सबैभन्दा बढी ३५ गोल गर्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन् ।

यस सिजनको साउदी लिगमा रोनाल्डोले ३१ खेलमा ३५ गोल र ११ असिस्ट गरेका थिए ।

रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।

यसका साथै रोनाल्डो चार फरक फरक लिगमा गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । रोनाल्डोले ला लिगामा तीन पटक गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिग र सिरी ए मा एक एक पटक गोल्डेन बुट जितेका थिए ।

त्यस्तै रोनाल्डोले ७ पटक च्याम्पियन्स लिगमा गोल्डेन बुट जितेका छन् बहने एक पटक युरोको गोल्डेन बुट जितेका छन् । 

रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् । अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितिसकेको छ ।

अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै