• २०८१ असार १० सोमबार

कांग्रेसले हावादारी सम्झौता गर्यो, जनतासँग माफी माग्नुपर्छ- कमल थापा

kharibot

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले यस्तो हावादारी सम्झौता गर्नु थियो भने महिनौं सम्म संसद अवरुद्ध गरेर समय र करोडौं बर्बाद गरेको आरोप लगाएका हुन् ।

उनले विपक्षी दलहरुले जनतासँग माफी माग्नुपर्ने र खर्चको क्षतिपुर्ति बुझाउनुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्-  

सहकारी विवाद र सम्झौता प्रकरण: यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने,समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै