• २०८१ असार १२ बुधबार

महानगरको शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि युनेस्को काम गर्न इच्छुक

kharibot

काठमाडौँ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताएका छन् । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को अवलोकनका क्रममा उहाँले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गर्नुरेका छन् । 

‘चलचित्र सहर’ का कार्यक्रमभित्र पनि विद्यालय शिक्षामा काम गर्न सकिन्छ । यसका अतिरिक्त सहकार्यमा थप कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । क्रफ्टले भने, ‘रचनात्मक उद्योग पहिचान, विकास र विस्तारका लागि काठमाडौँसँग धेरै सम्भावना छन् । यी सम्भावनाहरुलाई महानगरपालिकाको पहिचान, गौरव र समृद्धि वृद्धिसँगै स्थानीयबासीको जीवनस्तर सुधारसँग जोडेर लैजानुपर्छ ।’

कुराकानीका क्रममा उपाध्यक्ष राजभण्डारीले, महानगरपालिकाले सिपलाई स्वरोजगारसँग जोड्ने काम लाई प्राथमिकता दिएको बताए । सिप मेला हाम्रो प्रस्थान विन्दु हो । ज्ञान तथा सिपको अद्यावधिक गराउने, सिपलाई रोजगार र स्वरोजगारसँग जोड्ने यसभन्दा धेरै योजना कार्यान्वयन गर्ने योजनामा छौँ ।  अवलोकनका क्रममा स्कप्चर र चित्रकला प्रशिक्षणका बारेमा क्रफ्टले चासो राखेका थिए । 

उनलाई आयोगका उपाध्यक्षसहित सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकाल, रोजगार संयोजक देवेन्द्र के. सी. ले मेला र मेलामा सञ्चालन भएका तालिममा विषयमा जानकारी गराएका थिए । 

यसरी तालिम अवलोकन गर्न आउने विशिष्ट पदाधिकारीहरुलाई हस्पिटालिटीको तालिम गर्ने विद्यार्थीहरुले कफी, केक खुवाउने तथा खाना चखाउने गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै