• २०८१ असार १२ बुधबार

साउदी लिगमा रोनाल्डोको किर्तिमान

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाएका छन् । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए ।

यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् । रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।

रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।

अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितेको छ ।

अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै