• २०८१ असार २ आइतबार

निर्वाचन प्रणाली परिवर्तन गरौँ- उपेन्द्र यादव

kharibot

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन्।

बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक-पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरेका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद आवश्यक भएको उनले बताए ।  उनले मुलुक स्वेच्छाचारी तानाशाहको चंगुलमा फस्ने सम्भावना देखिएकाले जनतालाई सचेत र सजग हुन आग्रहसमेत गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै