• २०८१ असार २ आइतबार

सगरमाथा निषेधित क्षेत्रमा हेलिकोप्टर अवतरण गर्ने प्रभुका पाइलट ग्राउन्डेड

kharibot

काठमाडौं । प्रभु हेलिकोप्टरका एकजना पाइलटलाई ग्राउन्डेड गरिएको छ । सगरमाथा क्याम्प -टु मा अनुमतिबिना यात्रु लिएर पुगेको हेलिकोप्टरका पाइलटलाई ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

सगरमाथाको बेसक्याम्पसम्म यात्रु र कार्गो लैजान पाइन्छ,त्यहाँ भन्दामाथि डोरी तान्ने वा उद्दार कार्यका लागि मात्र हेलिकोप्टर उडान पाइने नियम छ । प्रभुको हेलिकोप्टर निशेषित क्षेत्र सगरमाथा क्याप्ट टुमा पुगेको थियो । बिरामी यात्रु लिन लुक्लाबाट उडेको हेलिकोप्टर यात्रुसहित क्याम्प टु पुगेको पाइएकाले पाइलटलाई ग्राउन्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

भु भने यात्रुसहित क्याम्प टु मा पुगेको थियो ।  प्राधिकरणले थप छानबिन गरी यो विषयलाई अघि बढाउने बताएको छ । अहिलेका लागि सम्बन्धित पाइलटलाई ग्राउन्डेड र प्रभु हेलिकोप्टरलाई उद्दार उडान बाहेक चार्टर्ड उडान गर्न नपाउने गरी कारवाही गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै