• २०८१ बैशाख १६ आइतबार

उत्तर कोरियाली नेता किम निजी विमानमा सिंगापुरका लागि उडे  

kharibot

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोंग उन अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि सिंगापुरतर्फ उडेका छन् । 

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापलाई उदृत गर्दै रोयटर्सले एक प्राभेत जेट किमलाई लिएर सिंगापुरतर्फ उडेको उल्लेख गरेको छ ।

किमसँग अघिल्लो महिना चीन भ्रमणमा जस्तै कैयौ कार्गो विमानपनि सिंगापुरतर्फ गएको उल्लेख गरिएको छ । किमले आज अबेर सिंगापुरका प्रधानमन्त्री ली हसइयन लुंगलाई भेट्ने कार्यक्रम रहेको सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हाल जि ७ राष्ट्रको बैठकका लागि क्यानाडामा रहेको र उनी पनि क्यानाडाबाट सिंगापुरतर्फ आउने बताइएको छ । ट्रम्प र किमबीच जुन १२ मा वार्ता हुने तय भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै