• २०८१ बैशाख १६ आइतबार

प्रशिक्षक अलोन्सोले लिभरकुसेन नछोड्ने

kharibot

काठमाडौँ । बुन्डेसलिगाका सफल प्रशिक्षक जाबी अलोन्सोले बायर लिभरकुसेन नछोड्ने भएका छन् ।

अलोन्सो यस सिजनमा क्लबलाई बुन्डेसलिगामा अपराजित राख्न सफल भएपछि उनलाई लिभरपुल, बायर्न म्युनिख र रियल म्याड्रिड जस्ता क्लबले प्रशिक्षकको रुपमा भित्र्याउन प्रयास गरेका थिए ।

तर सबै अड्कलबाजीलाई पूर्ण विराम लगाउदै अलोन्सोले २०२५ सम्म लिभरकुसेनमै रहने गरि सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

४२ बर्षिय अलोन्सोको नेतृत्वमा खेलिरहेको लिभरकुसेन यस सिजनको लिगमा २६ खेलमा अपराजित रहेर शिर्ष स्थानमा रहेको छ । लिभरकुसेन दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा स्पष्ट १० अंकले अगाडी रहेको छ ।

लिभरपुल, बायर्न म्युनिख र रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका अलोन्सो २०२२ को अक्टोबरदेखि लिभरकुसेनको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा लिभरकुसेनले अहिलेसम्म खेलेका ७५ खेलमा केवल १० खेलमा मात्र हार बेहोरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै