• २०८१ बैशाख १६ आइतबार

रोहित शर्माको हात सधै मेरो काँधमा रहन्छ- हार्दिक पाण्डेय

kharibot

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले टोलीमा कप्तान परिवर्तनको विषयमा आफ्नो मौन तोडेका छन् । सोमबार मुम्बई इन्डियन्सको पत्रकार सम्मेलनमा उनले रोहित शर्माको हात सधै आफ्नो काँधमा रहने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘मैले आफ्नो पूरा करियर उनको कप्तानीमा खेलेको छु र मलाई थाहा छ उनको हात सधैं मेरो काँधमा रहनेछ ।'

मुम्बई इण्डियन्सले यस सिजनको लिलामी अघि हार्दिकलाई गुजरात टाइटन्सबाट १५ करोड भारुमा ट्रेड गरेको थियो भने छुट्टै रकम पनि दिएको बताइएको छ । लिलामी अघि नै व्यवस्थापनले रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाएको थियो । जसका कारण भारतीय टोलीका वर्तमान कप्तान र पाँच पटकको आईपीएल विजेता रोहित शर्मालाई हटाइएपछि फ्यानहरू असन्तुष्ट रहेका छन् र मुम्बई इण्डियन व्यवस्थापनको आलोचना गरिरहेका छन् ।

हार्दिकले यस सिजन मुम्बई इण्डियन्सका लागि बलिङ र ब्याटिङ गर्ने बताएका छन् । उनी गत एकदिवसीय विश्वकपका क्रममा घाइते भएपछि मैदान बाहिर रहेका छन् ।

फ्यानहरुले गरेको आलोचनाको विषयमा बोल्दै हार्दिकले भने- ‘म फ्यानहरूको भावनाको कदर गर्छु र कप्तानको रूपमा टिमका लागि के राम्रो गर्न सक्छु भन्ने मात्रै सोच्न चाहन्छु ।'

हार्दिकले पहिलो सिजनमा गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए । गुजरात टिम २०२२ सिजन च्याम्पियन र २०२३ मा उपविजेता बनेको थियो । हार्दिक बाहिरिएपछि गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै