• २०८१ बैशाख १५ शनिबार

पर्यटकीय राजधानी घोषणासँगै पोखरामा डिस्को, दोहोरी र लाइभ म्युजिक रातभर खुल्ने

kharibot

काठमाडौं । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

पोखरालाई आइतबार नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने जानकारी दिए ।

उनले राउन्ड फेवा, भ्यु फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । मुख्यमन्त्री पाण्डेले बेगनास तालमा ‘क्रुज सिप’ सञ्चालनको घोषणासमेत गरे । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत् ध्यान केन्द्रका रुपमा एउटा ध्यान केन्द्र निर्माणको घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म ‘सटल बस’ सेवा सञ्चालन गर्ने पनि उनको भनाइ छ ।

उनले भने- ‘आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुनेछन् । साथै डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने कुरा जानकारी गराउन चाहन्छु । राउन्ड फेवा, भ्यु फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौं ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै