• २०८१ बैशाख १५ शनिबार

स्वतन्त्र बने दीपक मनाङे

kharibot

पोखरा । निर्विरोध निर्वाचित गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा (एकीकृत समाजवादी) त्यागेका छन ।

स्वतन्त्र चुनाव जितेपछि एकीकृत समाजवादीमा लागेका मनाङेले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन् ।

बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको दर्ता गरेको निवेदनमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु ।'

प्रदेशको सत्ता समीकरण समेत परिवर्तन भएकोले एक मत गण्डकीमा निर्णायक हुने अवस्थामा  उनले दल त्यागेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र मनाङे एक सांसद छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै