• २०८१ बैशाख १६ आइतबार

पिएनजीले हङकङलाई हरायो, फाइनलमा नेपालसँग खेल्ने

kharibot

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनलमा नेपाल र पिएनजी खेल्ने भएका छन् ।

आज सम्पन्न दोस्रो खेलमा पिएनजीले हङकङलाई १० विकेटले पराजति गरेसँगै फाइनलमा नेपालसँग खेल्ने भएको छ ।

यस खेलमा हङकङले दिएको १२२ रनको लक्ष्य पछाएको पिएनजीले १२.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । पिएनजीका लागि टोनी उराले अविजित ५१ तथा सेसे बाउले अविजित ६१ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै हङकङले १८.३ ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।

अब बुधबार फाइनलमा पिएनजीले नेपालको सामना गर्ने छ भने तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय