काठमाडौँ । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच मंगलबार भएको नयाँ सहमति अनुसार राष्ट्रिय सभाको उपाध्यक्षबाट एमाले पछि हटेको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच भएको सात बुँदे सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने यस अघि सहमति उल्लेख गरिएको छैन ।
यसअघि गत फागुन २१ गते चार दलबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो । त्यसबेला एकीकृत समाजवादी गठबन्धनमा सामेल थिएन । उपाध्यक्षमा एकीकृत समाजवादीले दाबि गरेपछि अहिले एमाले दाबीबाट पछाडी हटेको बताइएको छ ।