• २०८१ बैशाख १६ आइतबार

एकीकृत समाजवादीका माग पुरा गर्न प्रचण्ड र ओली सकारात्मक

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग सहमतिमा हस्ताक्षर गरेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन् ।

यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले आठ बुँदे सहमति गरेका थिए । एकीकृत समाजवादीले पनि सो सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धन बनेको छ ।

लिखित सहमतिपछि एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले अध्यक्ष नेपाललाई कम्तिमा एक बर्ष प्रधानमन्त्री बनाउन राखेको मागमा प्रचण्ड र ओली सकारात्मक भएपछि सहमतिमा हस्ताक्षर भएको बताइएको छ । नेपालसँग हुने पावर शेयरिङका विषयमा थप छलफल पछि हुने भएको एकीकृत समाजवादीका एक नेताले खरीबोटसँग बताए । 

साथै एकीकृत समाजवादीले कम्तिमा एक प्रदेशको नेतृत्व खोजेको र अन्य प्रदेशमा सम्मानजनक सहभागिता खोजेको विषयमा पनि प्रचण्ड र ओली सकारात्मक भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय