• २०८१ बैशाख १६ आइतबार

पुलिस क्लबलाई हराउदै एन्फा मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

kharibot

धरान । एन्फा मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सोमबार धरान रंगशालामा सम्पन्न खेलमा एन्फा मोरङले नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मोरङको जितमा महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित सकिएको खेलमा खेलको ७०औँ मिनेटमा महेन्द्र कार्कीले मोरङका लागि शुरुवाती गोल गरेका थिए । त्यसपछि खेलको ८०औँ मिनेटमा उमेश कार्कीले पेनाल्टी मार्फत गोल गर्दै मोरङको अग्रता दोब्बर पारेका थिए । त्यस्तै 
मोरङका लागि खेलको अन्तिम गोल अतिरिक्त समयमा सुशील राईले गरेका थिए ।

अब प्रतियोगिता अन्तर्गत मङ्गलवार अन्तिम क्वाटर फाइनलमा झापा गोल्डकप विजेता चर्च ब्वाईज क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच हुने छ ।

प्रतियोगितामा अहिलेसम्म मोरङसहित धरान फुटबल क्लब, एनआरटी सेमिफाइनलमा पुगेका छन् ।  

चैत्र ३ गतेसम्म चल्ने गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै