• २०८३ मङ्सिर २ बुधबार

पूर्वमन्त्री शाहीको निधन

पूर्वमन्त्री शाहीको निधन

काठमाडौँ  पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । 

मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उन  करीब दुई महिनादेखि सोही अस्पतालमा उपचाररत थिए  । 

डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्व प्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गरेका  थिए । उनका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन्  । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उनलाई श्रद्धाञ्जलि दिनका लागि नयाँ बानेश्वरस्थित निवासमा गएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । उनको आजै अन्त्येष्टि गरिने जनाइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै