• २०८१ बैशाख १५ शनिबार

शेफिल्डको पोष्टमा आर्सनलको ६ गोल

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन राइस र बेन ह्वाइटले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल शेफिल्डका जयडेन बोगीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २७ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले र शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने यस सिजनमा यो २०औं हार हो । २७ खेलमा १३ अंक मात्र रहेको शेफिल्ड लिगको पुछारमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै