• २०८१ बैशाख १६ आइतबार

‘महाजात्रा’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौं । चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक गरिएको छ । आगामी ९ चैतदेखि प्रदर्शनमा आउन लागेको महाजात्राको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । 

हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेको सो चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ । साथै सो चलचित्रमा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयुक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

ट्रेलर:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै