• २०८१ बैशाख १६ आइतबार

नामिबियाविरुद्ध नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्दै

kharibot

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनल अघिको अन्तिम खेल आज हुदै छ । आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ ।

यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नामिबियाले पहिला ब्याटिंग गर्ने भएको हो ।

यस सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै