• २०८१ बैशाख १६ आइतबार

माओवादीको जिम्मेवारी हेरफेरमा जनार्दन शर्माको फरक मत

kharibot

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेताहरुको जिम्मेवारी हेरफेरमा फरक मत राखेका छन्।

बुधबार सम्पन्न स्थायी समितिको बैठकले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेर प्रदेशहरूको इन्चार्ज सहइन्चार्ज तोक्ने पार्टीको निर्णयमा शर्माले फरक मत राखेका हुन् ।

शर्माले राखेको फरक मतमा स्थायी कमिटीमा कार्य विभाजन एजेन्डा बारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र आज मिति २०८० फागुन १५ गते प्रस्तावित भई असहमतिका बिच पारित गरिएका निर्णयहरु प्रति गम्भिर असहमतिका साथ आफ्नो मत राखेको उल्लेख गरेका छन् ।

शर्माले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका परिवारलाई छानीछानी जिम्मेवारी दिइएकोमा आपत्ति समेत जनाएका छन् । उनले प्रचण्डका भाई नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाइएको र बुहारी विना मगरलाई सुदूरपश्चिमको सह-इन्चार्ज बनाइएकोमा प्रश्न उठाएका छन् । उनले मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर रहेको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै