• २०८१ बैशाख १६ आइतबार

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

kharibot

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । 

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले आजदेखि शुरु हुने अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने जानकारी दिएकी छन् । 

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ ।  “हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ”, प्रवक्ता अर्यालले भनिन् ।

यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित थियो । 

प्रदेशसभाका कानुन अधिकृत कुमार रिजालले आज दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने जानकारी दिए  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै