• २०८१ बैशाख १७ सोमबार

फुलह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड फुलह्यामसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा फुलह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

फुलह्यामले खेलको ९७औ मिनेटमा निर्णायक गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेको थियो । फुलह्यामका लागि काल्भिन बास्से र एलेक्स इवोबीले एक एक गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि एक गोल ह्यारी म्यागुइरेले गरेका थिए ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको १०औ हार हो । २६ खेलमा ४४ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी फुलह्यामको भने यो जितपछि २६ खेलमा ३२ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै