• २०८१ बैशाख १६ आइतबार

दयाहाङ र मिरुनाको ‘रङ्गेली’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । मोरङको रङ्गेली सहरलाई केन्द्र बनाएर बनाइएको फिल्म शहरमा राज गर्न चाहने विभिन्न समूहबीचको द्वन्द्वमा केन्द्रित रहेको ट्रेलरमा देखाइएको छ ।

रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् ।  फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका गीतहरुमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय