• २०८१ बैशाख १५ शनिबार

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

kharibot

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । 

सञ्चारमन्त्री रेखा शर्माका सल्लाहकार समेत रहेका भण्डारीलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्षका लागि भण्डारीसहित २५ जनाले निवेदन दिएका थिए ।

आफ्नो ७ महिना कार्यकाल बाँकी रहदै सरकारको दबाबमा अध्यक्ष पुरुषोत्तम खनालले गत पुस २४ गते राजीनामा दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै