• २०८१ बैशाख १६ आइतबार

रेखा थापाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । रेखा थापाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ट्रेलर अनुसार फिल्ममा अभिनेत्री रेखा थापा चियावालीको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

त्यस्तै चियावाली बनेकी रेखाको ट्याक्सी ड्राइभर बनेका मुकुन भुषालको प्रेममा परेकी छन् । फिल्ममा अभिनेत्री पूजा शर्माको चुलबुले भूमिका रहेको देखिएको छ भने अर्की अभिनेत्री बेनिशा हमाल वकिलको भूमिकामा रहेकी छन् ।  त्यसैगरी अभिनेत्री सुष्मा कार्कीको पनि भूमिका रहेको छ । समग्रमा ट्रेलर रोचक रहेको छ ।

यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जन लगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सास्वत श्रेष्ठको ब्याग्राउन्ड स्कोर तथा मित्र डि गुरुङको सम्पादन छ । 

फिल्मलाई ज्ञानेन्द्र देउवाले निर्देशन गरेका हुन् । त्यसैगरी अभिनेत्री रेखा भने यस फिल्मबाट ५ वर्षपछि अभिनयमा फर्किएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै