• २०८१ बैशाख १६ आइतबार

नवल खड्काको ‘काँडेतार’को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्छ भन्ने अभियान बोकेको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । माओवादी निकट मानिने अभिनेता नवल खड्काले ‘जनयुद्ध दिवस’को अवसर पारेर सार्वजनिक गरेको साढे २ मिनेट लम्बाईको ट्रेलरमा सीमा अतिक्रमणको विषयलाई उठाइएको छ । 

ट्रेलर रिलिज कार्यक्रममा आक्रोशित देखिएका नवलले फिल्ममा उठाएको विषयकै कारण आफ्नो ज्यान जोखिममा रहेको बताए ।  फिल्मले उठाएको विषय अब राष्ट्रिय अभियान बन्ने नवलको दाबी छ ।

नवल स्वयंको निर्देशन रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी लगायतको पनि अभिनय छ । यही फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा कविराज गहतराजले कोरियोग्राफी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय