• २०८१ श्रावण १२ शनिबार

रोहित बने क्यानडाविरुद्धको सिरिजको 'प्लेयर अफ द सिरिज'

kharibot

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलको प्लेयर अफ द सिरिज बनेका छन् ।

क्यानडाविरुद्धको ३ खेलको सिरिजमा रोहितले ६ विकेट लिएका थिए भने ९५ रन बनाएका थिए ।

रोहित सिरिजको पहिलो र दोस्रो खेलमा प्लेयर अफ द म्याच बनेका थिए । त्यस्तै तेस्रो खेलमा अनिल शाह प्लेयर अफ द म्याच बनेका थिए ।

नेपालले क्यानडाविरुद्धको सिरिजका तिनै खेल जितेर क्लीन स्वीप गरेको छ ।

नेपालले अब फेब्रुअरी १५ देखि आइसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो सिरिज खेल्ने तालिका रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै