• २०८१ बैशाख १५ शनिबार

कतारले लगातार दोस्रो पटक जित्यो एशियन कपको उपाधि

kharibot

काठमाडौँ । कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एशियन कप जित्ने चौथो देश बनेको छ । यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो ।

योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै