• २०८० फाल्गुण २० आइतबार

बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

kharibot

काठमाडौँ । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ ।

डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै विहिबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । 

टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै