• २०८१ बैशाख १६ आइतबार

अहिलेको प्रणाली नै खारेज गर्नुपर्छ, मुलुकले थेग्न सकेन- चित्रबहादुर केसी

kharibot

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रणाली नै खारेज गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले अहिलेको प्रदेश खारेज गरेर अगाडी बढ्नुपर्ने बताउदै यसलाई मुलुकले थेग्न नसक्ने टिप्पणी गरे ।

बैठकमा बोल्दै केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको बताए । उनले विदेश गएका छोराछोरी नफर्किने भएकाले अब यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको टिप्पणी गरे ।

उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया । हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन् । स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ ।’

त्यस्तै सांसदहरु नीति निर्माणको काम छाडेर विकास निर्माणको एजेन्ट भएको भन्दै केसीले आफू आज मात्र भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री र कर्मचारी भेटेर आएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै