• २०८१ बैशाख १६ आइतबार

चिलिमे जलविद्युतको नाफा घट्यो

kharibot

काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले उक्त खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा ४० करोड १२ लाख रुपैयाँ ३० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विदुत् बिक्रीवापत २.०६ प्रतिशतले घछेर ६१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष यस कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।

त्यस्तै प्लान्ट सञ्चालन खर्च गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसाले घटेर ९ रुपैयाँ ४० पैसामा आएको छ, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय