• २०८१ बैशाख १६ आइतबार

चेल्सीमाथि वोल्भ्सको शानदार जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत वोल्भ्सले चेल्सीमाथि शानदार जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा वोल्भ्सले चेल्सीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । वोल्भ्सको जितमा माथेउस चुनाले ह्याट्रिक गरेका थिए भने एक गोल चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी चेल्सीका लागि कोल पाल्मर र थियागो सिल्भाले एक एक गोल गरेका थिए ।

यो जितपछि वोल्भ्सको २३ खेलमा ३२ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यसैगरी चेल्सीको भने यो यस सिङमा १०औ हार हो । २३ खेलमा ३१ अंक रहेको चेल्सी लिगमा ११औं स्थानमा झरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै