• २०८१ बैशाख २८ शुक्रबार

सुनचाँदी मुल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

kharibot

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । २ दिन स्थिर रहेको सुनको मुल्य आज भने ३०० रुपैयाँले बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, आज चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै