• २०८१ बैशाख १६ आइतबार

विहारका मुख्यमन्त्री नितिश कुमार फेरी बिजेपीतर्फ

kharibot

नयाँ दिल्ली । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन् ।

आइतबार मुख्यमन्त्री नितिश कुमारले भारतीय जनता पार्टीसँग नयाँ गठबन्धन गर्नको लागि अहिलेको गठबन्धन छोडेर राजीनामा दिएका हुन् ।

नितिशकुमारले लालु यादवको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सँगको अहिलेको गठबन्धन तोडेका हुन् ।

उनले राजीनामा दिएपछि कुरा गर्दै आरजेडीले सरकारमा काम गर्न नदिएको आरोप लगाउदै नयाँ गठबन्धनको सरकार बनाउने बताएका छन् ।

नितिश कुमारले पटक पटक भारतीय जनता पार्टी र आरजेडीसँग पालैपालो गठबन्धन गर्दै २०१५ देखि लगातार विहारको मुख्यमन्त्री रहेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै