• २०८१ बैशाख १७ सोमबार

प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन् ।

क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफुले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन् ।

क्लोपले आफ्नो उर्जा सकिएको बताउदै क्लब छोड्न लागेको बताएका छन् ।

क्लोप लिभरपुलमा २०१५ देखि प्रशिक्षक रहेका छन् ।  उनी त्यसअघि २००८ देखि २०१५ सम्म जर्मनी क्लब डोर्टमण्डको प्रशिक्षक रहेका थिए ।

उनले लिभरपुल अहिलेसम्म २०१९-२० सिजनमा प्रिमियर लिग, २०२१-२२ मा एफए कप, २०२१-२२ मा इएफएल कप, २०१८-१९ मा च्याम्पियन्स लिग, २०१९ मा युइएफए सुपर कप, २०१९ मा फिफा क्लब विश्वकप जितेका थिए । त्यस्तै उनको नेतृत्वमा २०१७-१८ र २०२१-२२ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।    
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै