• २०८१ बैशाख १६ आइतबार

१५  किलो अवैध सुनसहित सात जना पक्राउ 

kharibot

फाइल तस्बिर

काठमाडौँ । काठमाडौँको टोखाबाट १४ किलो र धनुषाबाट थप १ किलो अवैध सुनसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोले काठमाडौंमा चीनबाट ल्याइएको १४ किलो अवैध सुन र धनुषाको जनकपुरमा बरामद गरिएको १ किलोसहित कुल १५ किलो सुनसहित सात जनालाई प्रक्राउ गरेको हो ।

ब्यरोको अनुसार बुधबार साँझ टोखामा पेम्बा दोर्जे शेर्पाको डेराबाट १४ किलो सुन बरामद गरिएको हो । शेर्पासँगै थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेकोमा बाँकी चार जनालाई पनि प्रहरीले धनुषाबाट पक्राउ गरेको जानकारी दिएको छ । 

साथै प्रहरीका अनुसार केही सुन काठमाडौंमै विक्री गरेको र २ किलो भारत पठाइसकेको खुलेको छ ।

यसरी पक्राउ परे सात जना

केही समयदेखि पक्राउ परेका सात जनाले संगठित गिरोह बनी अवैध अर्थोपार्जन गर्ने उद्देश्यले विदेश विशेष गरी चीन-तिब्बत हुँदै नेपालको रसुवा जिल्लाको केरुंग नाका तथा सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट अवैध बाटोबाट सुन भित्र्याउने थालेको सूचना प्रहरीले पाएको थियो ।

बरामद गरिएको अन्दाजी १४ किलो सुन

हिजो अर्थात् बुधबार काठमाडौँ, टोखा नगरपालिका वडा नम्बर-११, सामाखुशीको एक घरमा विगत दुई वर्षदेखि भाडामा बस्दै आएका जिल्ला सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर-१ घर भएका ग्याल्बु शेर्पाका छोरा वर्ष २७ का पेम्बा दोर्जे शेर्पाको घरकोठा खानतलासी गर्दा कोठाको दराजमा रहेको कलेजी रङको झोलामा १२ किलो र दराजको घर्रामा दुई किलो समेत गरी १४ किलो लुकाइराखेको अवस्थामा बरामद गरिएको हो ।

उनीहरूले उक्त परिमाणको सुन भारतका विभिन्न  स्थानमा बिक्री गर्ने उद्देश्यले लगेको खुल्न आएको थियो । सोही सम्बन्धमा जिल्ला प्रहरी कार्यलय धनुषामा जानकारी गराई प्रहरीले थप ४ जनाको साथबाट १ केजी सुन बरामद गरेको हो ।

प्रहरीले पक्राउ गरेकामा सिन्धुपाल्चोक घर भई टोखा बस्ने २६ वर्षीय पेम्बा दोर्जी शेर्पा, भक्तपुर सूर्यविनायकका दिपेन्द्र थापा, राजेन्द्र खत्री, रबिन खत्री, काठमाडौंका सरोज थापा, काभ्रे पांचखालका विष्णु गौतम र धनुषाका दिपक कुमार शाह रहेका छन् । उनीहरूबाट सेतो रंगको बा१०च ४१९३ नम्बरको भक्सवागन गाडी, स्कुटर, ६ वटा १०० दरका ६०० अमेरिकी डलर र विभिन्न दरका ११ सय ९९ वटा चिनियाँ युआन समेत बरामद भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै