• २०८१ बैशाख १७ सोमबार

संयुक्त राष्ट्रसङ्घद्वारा विश्वव्यापी पर्यटन एजेन्सीको नाम परिवर्तन

kharibot

म्याड्रिड । म्याड्रिडस्थित विश्व पर्यटन सङ्गठनले आफू संयुक्त राष्ट्रसङ्घको हिस्सा हो भनी स्पष्ट गर्न आफ्नो नाम परिवर्तन गरेर संयुक्त राष्ट्रसङ्घ पर्यटन राखेको बुधबार घोषणा गरेको छ । 

म्याड्रिडको एफआइटियुआर पर्यटन कांग्रेसको उद्घाटन कार्यक्रममा ‘विश्वलाई नजिक ल्याउनुहोस्’ ट्यागलाइनका साथ गतिमा मानव आकृति देखाउने नयाँ लोगोका साथ नामको अनावरण गरिएको छ । “संक्षिप्त शब्दहरूबाट हटेर संयुक्त राष्ट्रसङ्घ पर्यटनले थप पहुँचयोग्य अडान अपनाएको छ”, उक्त संस्थाले विज्ञप्तिमा भनेको छ । 

सन् १९७४ मा स्थापना भएदेखि मेड्रिडमा रहेको यो अन्तरसरकारी निकायले पर्यटन प्रवर्द्धन गर्छ भने राष्ट्रहरूबिचको अन्तर्राष्ट्रिय व्यापारलाई सुविधासमेत दिन्छ ।

एक सय ६० सदस्य मुलुकको समूहका रूपमा रहेको यो संस्थाको जापान, साउदी अरब, ब्राजिल र मोरक्कोमा क्षेत्रीय कार्यालय पनि छन् । साथै यसले नियमितरूपमा क्षेत्र र मुलुकअनुसार पर्यटकहरूको आगमनको अनुमान र पूर्वानुमान प्रकाशन गर्दछ । 

गत साता प्रकाशित यसको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२३ मा एक अर्ब ३० करोड पर्यटकले विदेश यात्रा गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो । यो आँकडा अझै पनि सन् २०१९ मा विदेश जाने पर्यटकहरूको सङ्ख्याको तुलनामा ८८ प्रतिशत मात्र हो । सन् २०१९ भनेको कोभिड–१९ महामारीसँग सामना गर्न लगाइएको वैश्विक भ्रमण प्रतिबन्धहरूभन्दा अघिको अन्तिम पूरा वर्ष हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै