• २०८१ बैशाख १६ आइतबार

गणतन्त्रमा राजा लेख्ने कार्य संविधानविपरीत : मन्त्री श्रेष्ठ

kharibot

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारेका छन् ।

रासससँगको प्रतिक्रियामा उनले भने, “राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएकामा त्यसलाई सकारात्मकरुपमा लिएको छु ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै