• २०८१ बैशाख १६ आइतबार

सुत्केरी पशुलाई भत्ता वितरण

kharibot

चितवन। माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ ।

नगरभित्र रहेका गाईभैंसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाप्रमुख डा रबिन बस्ताकोटीका अनुसार सुरुआतमा सुत्केरी भएका गाईभैँसीलाई भत्ता दिन थालिए पनि अहिले कृत्रिम गर्भाधान गराएका र बीमा गरिएकालाई भत्ता उपलब्ध गराइएको हो । 

माडी क्षेत्रमा भैंसी धेरै पालिने गरे पनि कृत्रिम गर्भाधान खासै गरिँदैनथ्यो । 

भत्ता लिनका लागि कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र, सो वस्तुबाट जन्मिएको पाडापाडी, बाच्छाबाच्छीसँगै भएको फोटो, पशु बीमा गराएको प्रमाणपत्रसमेत राखेर निवेदन दिनुपर्ने हुन्छ । बीमा अनिवार्य गरेपछि यस वर्ष एक सय पशुधनीले भत्ता माग गर्ने अनुमान गरिएको छ ।

पशुलाई सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेपछि अहिले पशु बीमा गराउनेको सङ्ख्यासमेत बढ्दै गएको उनले बताए ।

पशु बीमाका लागि सङ्घीय सरकारले ८० प्रतिशत, माडी नगरपालिकाले १५ प्रतिशत र पशुधनीले पाँच प्रतिशत बेहोर्ने गरी काम गरिँदै आइएको छ । बस्यालका अनुसार पशु बीमामा मात्रै बार्षिक रु १२ लाख विनियोजन हुँदै आएको छ ।

माडीमा चालु आर्थिक वर्षमा ६ सय ५३ गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएकामा छ सय गाई र ५३ भैँसी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै