• २०८१ बैशाख १६ आइतबार

सामूहिक बलात्कारमा परेकी १४ वर्षीया बालिका प्रदेश अस्पताल रिफर

kharibot

मुगु । सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । स्वास्थ्य  सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्तालको एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। 

कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन्। अस्पतालमा उपचार सम्भव नभएपछि (ओसिएमसी) कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसिले बताइन्। 

बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन्। 

छायाँनाथ रारा नगरपालिका-५ कार्कीवाडाका छाँयानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढी मुगुमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ आँसिधाराका २२ वर्षीय बसन्त रोकाया र अन्य केही १४ वर्षका बालकले १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए। 

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताए ।

१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, '१४ वर्षका किशोरहरूले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि उनी सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा उनीहरूको गमगढीस्थित  कोठामा भेट्न गएको र ६ जनाले जवरजस्ती करणी गरेको बताएकी छन् ।’

बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।

नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित युवतीले प्रहरीलाई बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्त बहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई आफू एकछिन काम छ बाहिर आऊ त नानी भन्दै आफ्नो हात समाई आफूसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा लगि उक्त कोठामा पुग्नासाथ नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदम बहादुर कठायतले आफूलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई पालैपालो बलात्कार गरेका बयान दिएकी छन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै