• २०८१ कार्तिक १६ शुक्रबार

 राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थमा सुधार, क्याबिनमा सारियो

kharibot

तस्बीर : काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा/ ट्वीटर

काठमाडौँ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । 

उनको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट आज क्याविनमा सारिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिईन । उनले भनिन्, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उनको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उनको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । 

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उहाँलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरी अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्कनुहुनेछ । सरकारले घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै