• २०८१ बैशाख १६ आइतबार

चिनियाँ लगानीबाट उत्पादित विद्युतप्रति भारतको रिजर्भसेन छ- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन रहेको बताएका छन् ।

बुधबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालले गरेका सम्झौताहरुको विषयमा जानकारी दिन उपस्थित हुदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको प्रष्ट पारेपनि चिनियाँ लगानीबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन रहेको बताएका हुन् ।

उनले आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर स्पष्ट गरेको पनि समितिमा बताएका छन् ।

उनले यस विषयमा भारत सकारात्मक रहेको र समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो । त्यस सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकर यही पुस १९ गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरुबीच समझदारी भएको थियो ।

यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको प्रधानमन्त्रीको दाबि रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै