• २०८१ बैशाख १५ शनिबार

मोदीमाथि अपमानजनक टिप्पणी गर्ने माल्दिभ्सका मन्त्री बर्खास्त

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अपमानजनक टिप्पणी गर्ने माल्दिभ्स्की मन्त्री मरियम शिउनालाई मन्त्रिपरिषद्बाट निलम्बन गरिएको छ । मिडिया रिपोर्टका अनुसार शिउना बाहेक दुई अन्य मन्त्री मलशा शरीफ र मह्जूम मजिदलाई पनि निलम्बन गरिएको छ ।

माल्दिभ्सको सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)का मन्त्री मरियम शिउना, मलशा शरीफ, हसन जिहान र नेता जाहिद रमीजले प्रधानमन्त्री मोदीमाथि सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेका थिए । मन्त्रीको टिप्पणीमाथि माल्दिभ्स सरकारले स्पष्टीकरण दिँदै यो व्यक्तिगत टिप्पणी भएको र सम्बन्धित व्यक्तिलाई कारबाही गरिने बताएको थियो । 

माल्दिभ्सका यी नेताहरूले प्रधानमन्त्री मोदीको लक्ष्यद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिए । प्रधानमन्त्री मोदीले लक्ष्यद्वीपको भ्रमण गर्दै यस क्षेत्रको पर्यटन प्रवर्धन गरेपछि माल्दिभ्सका मन्त्रीसहित नेताहरुले मोदीप्रति लक्षित गर्दै सो क्षेत्र पर्यटक मैत्री नभएको, फोहोर भएको र पर्यटकलाई माल्दिभ्स जत्तिको सुबिधा दिन नसक्ने टिप्पणी गरेका थिए ।

त्यसको जवाफमा भारतीय सेलिब्रेटी र क्रिकेटरले लक्ष्यद्वीप भ्रमण गर्न आग्रह गर्दै माल्दिभ्सको आलोचना गर्न शुरु भएपछि भारतमा #ByeCutMaldives ट्रेडिङ गर्न शुरु भएको थियो । साथै भारतमा माल्दिभ्सको भ्रमण रद्ध गर्ने अभियान नै शुरु भएको थियो । यसबाट डराएर माल्दिभ्सको सरकारले मन्त्रीलाई कारवाही गरेको बताइएको छ । माल्दिभ्सको पर्यटनमा भारतीय पर्यटकको ठुलो योगदान रहेको भन्दै अब माल्दिभ्स भ्रमण नगर्न भारतमा अभियान चल्न थालेको छ । मानिसहरुले आफुले माल्दिभ्सको यात्रा रद्ध गरेको पोष्ट गरिरहेका छन् ।

माल्दिभ्समा नयाँ राष्ट्रपति मोहमद मुइज्जु सत्तामा आएपछि 'इण्डिया आउट' को नारा दिएका थिए । चीन समर्थक मानिने मुइज्जुले आफ्नो देशको सम्प्रभुतामा खतरा रहेको भन्दै माल्दिभ्समा रहेका भारतीय सैनिकलाई फिर्ता लैजान भारतलाई आग्रह गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै