• २०८१ बैशाख १६ आइतबार

पशुपतिनाथ परिसरमा जयशंकरले गरे वृक्षारोपण

kharibot

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ परिसरमा वृक्षारोपण गरेका छन् । 

शुक्रबार बिहान पशुपतिनाथ दर्शन गर्न पुगेका जयशंकरले पशुपति परिसरमा वृक्षरोपण समेत गरेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहीवार काठमाडौँ आएका थिए । बिहीवार उनले नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । 

जयशंकर आजै मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै